ब्याटिङ गर्न बिर्सिएको नेपाल

  • मङगलबार १२ साउन २०८३ ०८:०१ AM
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–टुअन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक शृंखलामा नेपालले लगातार ब्याटिङमा समस्या भोगेको छ। कमजोर ब्याटिङकै कारण नेपालले शृंखलाका चारमध्ये तीन खेल गुमाइसकेको छ। खराब ब्याटिङकै कारण शृंखलाको पहिलो खेलमा नामिबियासँग आठ विकेटको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग पनि ब्याटिङकै कारण ६ विकेटको पराजय बेहोरेको थियो।  यसैगरी सोमबार भएको नामिबियासँगको खेलमा पनि नेपाल ब्याटिङकै कारण ती