काठमाडौं : फ्रान्सको दक्षिण-पश्चिमी सहर बोर्दो नजिकै फैलिएको विनाशकारी जङ्गलको डढेलो नियन्त्रणबाहिर पुगेको छ।डढेलो बोर्दो सहरभन्दा १५ किलोमिटर मात्र टाढा पुगेपछि प्रभावित क्षेत्र गिरोन्दको निरीक्षण गर्दै राष्ट्रपति इम्यानुएल म्याक्रोनले यसलाई दोस्रो विश्वयुद्धपछिकै ‘अभूतपूर्व र भीषण संकट’ को संज्ञा दिएका छन्।डढेलोको जोखिम बढेसँगै फ्रान्समा हालसम्म २ लाख २० हजारभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ। स्थिति झनै प्रतिकूल बन्न सक्ने भन्दै बोर्दोका मेयर थोमस काजेनाभले सम्भावि