सोलुखुम्बु । सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकाको जुनियर राष्ट्रिय कराँते टोली (टिम यूएसए) मा छनोट भएकी छन् । अमेरिकाको वासिङ्टन राज्यस्थित स्पोकेनमा जुलाई १६ देखि १९ सम्म सम्पन्न २०२६ यूएसए कराँते राष्ट्रिय च्याम्पियनसिप अन्तर्गत ४७ किलोको टोली कुमिते विधामा स्वर्ण पदक जित्दै उनी टिम यूएसएमा छनोट भएकी हुन् । अब शेर्पाले आगामी अगस्ट २४ देखि ३० सम्म कोस्टा रिकामा हुने २०२६ प्यान अमेरिकन कराँते च्याम्पियनसिपमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्नेछिन् । न्युयोर्कमा रहेको कराँते प्रशिक्षण केन्द्र डोजोमा प्रशिक्षणरत उनले पछिल्ला केही वर्षदेखि राष्ट्रिय तथा राज्यस्तरीय प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै भएकी छन् ... The post सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट appeared first on Kalika Khabar.