इनड्राइभको ‘ड्राइभिङ नारी नेपाल’ को पहिलो चरण सम्पन्न, १० महिला सम्मानित

  • मङगलबार १२ साउन २०८३ ०९:१८ AM
काठमाडौं । इनड्राइभले महिलालाई ड्राइभिङ पेसामा अघि बढाउन सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न गरेको छ । तीन महिनाको तालिम पूरा गरेका १० जना महिलालाई काठमाडौंमा आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको हो । तालिममा सहभागी महिलालाई सुरक्षित रूपमा दुईपाङ्ग्रे सवारी चलाउने सीप, ट्राफिक नियम, सडक सुरक्षा, लाइसेन्स लिने प्रक्रिया र आत्मरक्षासम्बन्धी