विपक्षीसँग सभामुख अर्यालको आग्रहः प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्तिको संसदमा विरोध नगरिदिनुस्

  • मङगलबार १२ साउन २०८३ ०९:४५ AM
काठमाण्डु– सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सीमाबारे दिएको अभिव्यक्तिलाई लिएर संसदमा जारी विरोध रोक्न प्रतिपक्षी दलहरुलाई आग्रह गरेका छन् । मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा विपक्षी दलका प्रमुख सचेतकहरुसँग भएको छलफलमा अर्यालले उक्त विषय उठाउन छाड्न भनेका थिए । ‘यति लामो समयसम्म एउटै विषय उठाएर संसदमा विरोध गरिदिनुभएन’, अर्यालले भनेका थिए, ‘संसदलाई