काठमाडौं । आगामी भदौ १७ गते कैलालीको धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ आयोजना हुने भएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक बैजनाथ सञ्चार प्रालिले यसबारे जानकारी दिँदै तयारी सुरु भएको जनाएको हो । संस्थाका प्रबन्धक सरस्वतीकुमारी खड्का भट्टले गाईजात्रा पर्वको संरक्षण र प्रवर्द्धन गर्दै हास्य–व्यंग्यमार्फत समाजमा रहेका विकृति, विसङ्गति तथा समसामयिक विषयमा जनचेतना अभिवृद्धि