कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । यसअघि शाहीले आजै दाबी पेस गरेका थिए । उनले गठबन्धनमा रहेका नेकपा एमालेका ९ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित