विराटनगर : सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनापछि जिम्मेवारीबाट हटाइने प्रहरी अधिकारीको सूचीमा इलाका प्रहरी कार्यालय देवानगन्जका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश राई पनि परेका छन्। घटनामा घाइते भएका राईलाई जिम्मेवारीबाट हटाएर उनको स्थानमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत इन्स्पेक्टर प्रकाश पराजुलीलाई खटाइएको छ। सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार पराजुलीले मंगलबारदेखि इलाका प्रहरी कार्यालय देवानगन्जको नेतृत्व सम्हालिसकेका छन्। इन्स्पेक्