चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाएकी छन् । उनको बहादुरीको चौतर्फी प्रशंसा भइरहे पनि उनले भने कुनै प्रचार वा सम्मानको अपेक्षा नगरी चुपचाप घटनास्थल छाडेकी छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार घटना यसै महिनाको सुरुवाततिर भएको हो । अवकाशप्राप्त लिउ डेफाङ नदी किनारमा हिँडिरहेका बेला