विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझ भएको हुलदंगा र दोहोरो झडप नियन्त्रणमा आएको छ । करिब अढाई घण्टासम्म दुई पक्षबीच भएको झडपपछि राति ९:३० बजेबाट अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार अहिले देवानगन्ज क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। झडपका क्रममा एकअर्कामाथि आक्रमण, तोडफोड र आगजनी भएको तथा क्षतिको विवरण संकलन अहिले सम्भव नभएको उनले जानकारी दिए।‘राति ९:३० बजेबाट अ