वीरेन्द्रनगर : दैलेखको गुराँस गाउँपालिका–१ मैनखोलामा फोर्स गाडी दुर्घटना भएको छ । प्रहरीका अनुसार बुधबार बिहान फोर्स गाडी दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् । सुदुरपश्चिम प्रदेश ०१-००१- ३०७२ नम्बरको फोर्स गाडी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा घाइतेहरूको उद्धार गरिएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जन