विराटनगर : सुनसरीको हरिनगरामा बुधबार दिउँसो नेपाल प्रहरीको गाडीमाथि ढुंगामुढा भएपछि केहीबेर अवस्था तनावपूर्ण बनेको छ । देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा गत आइतबार राति भएको गोलीकाण्डको विरोधमा उत्रिएको समूहले सुरक्षाकर्मी चढेको गाडीलाई निशाना बनाएर आक्रमण गरेको हो । ढुंगामुढाबाट इलाका प्रहरी कार्यालय देवानगन्जका प्रमुख,इन्स्पेक्टर प्रकाश पराजुलीले प्रयोग गरिरहेको गाडीको अगाडिको सिसा फुटेको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय हरिनगराको ना १ झ ८७४ नम्बरको गाडीमा आक्रमण भएको हो ।