कालापानी वन काण्ड : प्रहरी-प्रशासन र स्थानीय आमनेसामने

  • बुधबार १३ साउन २०८३ १०:०१ PM
बर्दिबास : कालापानी वन प्रकरणमा निर्दोष व्यक्तिमाथि झुटा मुद्दा दर्ता गरिएको आरोप लगाउँदै स्थानीयबासी आन्दोलनमा उत्रिएका छन्। उनीहरूले प्रशासनलाई तीन दिनभित्र मुद्दा फिर्ता लिन अल्टिमेटम दिएका छन्।बुधबार कालापानीमा बसेको सर्वदलीय बैठकले घटनामा आरोपितहरू निर्दोष रहेको निष्कर्ष निकाल्दै तीन दिनभित्र मुद्दा फिर्ताका लागि पहल गर्न बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीलाई जिम्मेवारी दिएको छ।स्थानीयका अनुसार जेठ ११ गते वन क्षेत्रभित्रको बस्ती खाली गराउने सूचना दिन पुगेका वन कर्मचारीलाई आक्र