काठमाडौं : सुनसरी हुँदै मधेस प्रदेशसम्म साम्प्रदायिक हिंसा फैलिँदा पनि प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ मौन बसेको भन्दै संसद्मा चर्को आलोचना भएको छ। हिंसात्मक घटना बढ्दै गए पनि संसद्लाई कुनै जानकारी नदिएको भन्दै सांसदहरूले प्रधानमन्त्री शाहको चर्को आलोचना गरेका छन्।प्रमुख प्रतिपक्षी कांग्रेसकी सचेतक वासना थापाले सुनसरी घटनापछि पनि प्रधानमन्त्री र गृहमन्त्री मौन रहेको भन्दै कडा आलोचना गरिन्। प्रमुख सचेतक थापाले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्दै