अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि २५ अर्ब रुपैयाँ बजारबाट तान्दै

  • शुक्रबार​ १५ साउन २०८३ ०५:२१ AM
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप २५ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत साउन १५ गते बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम खिच्ने प्रक्रिया अघि बढाएको हो । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले यस प्रक्रियामा सहभागिता जनाउन पाउनेछन् । सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको रकमसम्म ५ करोड रुपैयाँले भाग जाने गरी बोलकबोल गर्नसक्ने व्यवस्था गरिएको छ ... The post अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि २५ अर्ब रुपैयाँ बजारबाट तान्दै appeared first on Kalika Khabar.