भैरहवाको खाजाघरबाट नक्कली भारुसहित दुई भारतीय नागरिक पक्राउ

  • शुक्रबार​ १५ साउन २०८३ ०७:०५ AM
रुपन्देही । भैरहवाबाट नक्कली भारतीय नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका–१२ मा रहेको खड्का खाजाघरमा नक्कली नोटको कारोबार भइरहेको सूचना पाएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले खाजाघरमा खानतलासी गर्दा उनीहरू पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट ५०० दरका १४० थान गरी जम्मा ७० हजार नक्कली भारतीय रुपैयाँ बरामद गरेको छ। पक्राउ परेकाहरूको साथबाट नक्कली नोटबाहेक अन्य सामग्री पनि फेला परेको छ। ‘उनीहरूबाट सक्कली भारतीय मुद्रा २ हजार ७ सय ५८ र नेपाली नगद २ हजार १ सय ८० रुपैयाँ बरामद ... The post भैरहवाको खाजाघरबाट नक्कली भारुसहित दुई भारतीय नागरिक पक्राउ appeared first on Kalika Khabar.