तत्कालीन सञ्चारमन्त्री शर्माका सञ्चारविज्ञ भण्डारी पक्राउ

  • शुक्रबार​ १५ साउन २०८३ ०७:४२ AM
काठमाडौं । टेलिकम कम्पनी स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आज पूर्वअध्यक्ष भण्डारीलाई ललितपुरवाट पक्राउ गरेको हो । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका विज्ञको रूपमा रहेका भण्डारी टेरामक्स प्रकरणमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल भ्रष्टाचार मुद्दाका कारण निलम्बित भएपछि उक्त पदमा पुगेका थिए । सीआईबीका अनुसार भण्डारीलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरेका हो। स्मार्ट सेलको सम्पत्ति बिक्री गर्ने क्रममा उनले पनि मिलोमतो गरी राज्यलाई करोडौंका हानी नोक्सानी पुर्‍याएको आरोप छ। The post तत्कालीन सञ्चारमन्त्री शर्माका सञ्चारविज्ञ भण्डारी पक्राउ appeared first on Kalika Khabar.