काठमाण्डु – देशका विभिन्न भागमा खलबलिएको सम्प्रादायिक सदभावका विषयमा प्रधानमन्त्री बालेन शाहले मधेशी नेताहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा मधेशी नेताहरूले मधेशमा जारी द्वन्द्व समाधान गर्नका लागि सरकारले तत्कालै पहल गर्नुपर्ने सुझाव दिएका हुन् । नेताहरूले प्रदेशहरूलाई बलियो नबनाउँदा, सुरक्षा लगायतका जिम्मेवारी प्रदेशमा नहुँदा यस्ता घटनाहरू नियन्त्रणमा समस्या भएको विषय छलफलमा उठाएका