सुनसरी घटना र मधेसको तनावलाई लिएर राष्ट्रिय सभामा सरकारको चर्को आलोचना

  • शुक्रबार​ १५ साउन २०८३ ०९:१३ AM
काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा भएको हत्या प्रकरणलाई लिएर राष्ट्रिय सभामा सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन् । सभाको शुक्रवारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरूले सुनसरी लगायत तराईका जिल्लामा उत्पन्न तनावबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । मधेसमा उत्पन्न धार्मिक तनावबारे सदनलाई जवाफ दिनको लागि सरकारलाई रुलिङ गर्न अध्यक्षको समेत ध्यानाकर्षण गराए ।