सिरहा : सिरहा प्रहरीले साम्प्रदायिक र सामाजिक सद्भावमा खलल पुऱ्याउने पाँचजनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा गोलबजारबाट दुईजना र सदरमुकाम सिरहाबाट ३ जना रहेको प्रहरी प्रवक्ता डीएसपी रमेश बहादुर पालले जानकारी गराए ।फिल्डमै खटिएकोले उनीहरूको नाम र ठेगाना खुलाउन नसकिएको उनले सुनाए । पछिल्लो समय सुनसरीको घटनालाई लिएर सिरहा जिल्लाको ठाउँठाउँ आन्दोलन चर्केको छ । यहीबेलामा सद्भाव कायम गराउनुको साटो खलल पुर्याउने कार्य भइरहेको प्रहरीको भनाइ छ ।