काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले योग्यता प्रणालीलाई सुदृढ बनाउन विश्वविद्यालयमा यसअघि भएका मनोनयन खारेज गरिएको बताएका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै मन्त्री पोखरेलले सुशासन र योग्यता प्रणालीलाई सुदृढ बनाउन यसअघि भएका मनोनयन खारेज गरिएको बताएका हुन् । उनले हाल नौवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भइसकेको भन्दै अन्य रिक्त पदहरुमा पनि पदपूर्तिको प्रक्रिया अघि बढिसकेको जानकारी दिए ।मन्त्री पोखरेलले उच्च शिक्षाको शैक्षिक वातावरण सुधार गर्न स