काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शान्ति, संयमता, आपसी विश्वास, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले सुनसरीलगायतका स्थानमा भएका घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका हुन् । उनले कुनै पनि प्रकारका हिंसा, घृणा, साम्प्रदायिक विभेद वा सामाजिक विभाजनका प्रयास अस्वीकार्य छन् भन्ने राष्ट्रिय सभाको सर्वसम्मत धारणा रहेको उल्लेख गरे । यस घटनाको तत्क