काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज लगायत पूर्वी तराई–मधेसका केही क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन् । शुक्रवारको राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले ती क्षेत्रमा भएको मानवीय क्षति, नागरिक तथा सुरक्षाकर्मी घाइते भएको र सिर्जना भएको सामाजिक तनावप्रति दुःख