शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढिसक्यो : शिक्षामन्त्री

  • शुक्रबार​ १५ साउन २०८३ १०:३४ AM
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढिसकेको बताएका छन् । राष्ट्रियसभा बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षा मन्त्री पोखरेलले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढिसकेको बताएका हुन् । मन्त्री पोखरेलले भने, ‘शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्तिमा त्रिवि उपकुलपति अनिवार्य भनिएकोले अलिकति ढिलो हुन पुगेको थियो । अब प्रक्रिया अघि बढिसक्यो । ’ उनले विश्वविद्यालयका ऐनका प्रावधानहरू फरक फरक भएकाले पनि पदाधिकारी नियुक्ति प्रक्रियामा समय लागेको बताए । मन्त्री पोखरेलले भने, ‘सबै विश्वविद्यालयका छुट्टा छुट्टै ऐनहरू छन् । जुन ऐनमा कुलपति ... The post शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढिसक्यो : शिक्षामन्त्री appeared first on Kalika Khabar.