प्रदेशलाई अधिकारसम्पन्न बनाउन सरकारको उच्च प्राथमिकता : प्रधानमन्त्री

  • शुक्रबार​ १५ साउन २०८३ ०९:०० PM
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले आफू नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। तराई-मधेसमा उत्पन्न पछिल्लो समसामयिक परिस्थितिबारे सिंहदरवारमा आयोजित छलफलमा उनले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनबाट मात्रै सबै प्रदेशहरू पूर्णरूपमा सशक्त बन्ने यथार्थ औंल्याएका हुन्।संविधान जारी भएपछि संघीयताको अभ्यास निरन्तर भइरहेको उल्लेख गर्दै उनले प्रदेशहरूलाई केन्द्रबाट आफ्ना अधिकार सुम्पन र स्थानीय तहसम्म अधिकारको सहज प्रत्यायोजन गर्न सक्ष