नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको ओइरो : ३३३ टन राहत, ३० अर्ब बराबरकाे रकम प्रतिबद्धता

  • बिहीबार १८ भौ २०८३ ०३:५० PM
काठमाण्डु– रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि नेपाललाई विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाले राहत तथा पुनःस्थापनाका लागि आर्थिक, सामग्री तथा प्राविधिक सहयोग उपलब्ध गराएका छन्। बाढी आएको पहिलो दिनदेखि नै विभिन्न देशले नेपाललाई सहयोगको प्रतिबद्धता जनाउँदै राहत सामग्री पठाइरहेका छन्। प्रधानमन्त्री बालेन शाहका अनुसार भारतले ५ चरणमा ७४ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ।