१४ वर्षमै आमा बन्छन् म्याग्दीका बालिका, अनिच्छुक गर्भधारण गर्न बाध्य

  • बुधबार ३१ भौ २०८३ ०७:३५ AM
म्याग्दी। बालविवाहका कारण शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुँदै गर्भवती हुने र आमा बन्ने अवस्था देखिएको छ ।  जिल्लामा गत आर्थिक वर्ष सुत्केरी भएकामध्ये झन्डै पाँच जनामा एक जना २० वर्षमुनिका छन् भने एक किशोरीले १४ वर्षमै आमा बन्नुपरेको छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा सुत्केरी भएकामध्ये करिब २० प्रतिशत २० वर्षमुनिका छन् । कुल ५८५ जना सुत्केरी भएकामा ११६ जना अर्थात् १९