नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र परम्परालाई लत्याएर गरिने कुनै पनि गतिविधि मान्य नहुने बताएका छन् । २९ औँ गणेशमान सिंह स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीभित्र विधिको शासन र आन्तरिक लोकतन्त्र कमजोर पार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाए । पार्टीभित्र देखिएको पछिल्लो विवाद र महाधिवेशनका सन्दर्भमा पत्रकारहरूसँग कुरा