काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले ‘द ग्रे जोन’ नामक रिपोर्टमा नाम जोडिएका व्यक्तिहरूले जनतासामु स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् । रिपोर्ट गलत भए तथ्यसहित खण्डन गर्नुपर्ने र सही नभएको प्रमाणित गर्नुपर्ने, अन्यथा त्यसमा उठाइएका प्रश्नको उत्तर दिनुपर्ने उनको भनाइ छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग