प्रभु महालक्ष्मी लाइफको कर्पोरेट क्लब एचिभर्स अवार्ड सम्पन्न

  • आइबार​ ४ असो २०८३ १०:४१ AM
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरूको कर्पोरेट क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ। चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म तीन दिन सञ्चालन भएको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवका गतिविधिसहित सम्पन्न भएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटनपछि सम्बोधन गर्दै प्रसाईंले अभिकर्ता पेशामार्फत उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता लिडरहरूको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको बताए। उनले यस प्रकारका सम्मानले अभिकर्ता लिडरहरूमा आत्मसम्मान बढाउनुका साथै आगामी दिनमा थप व्यावसायिक सफलता हासिल गर्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे। अभिकर्ताहरूलाई उच्च ... The post प्रभु महालक्ष्मी लाइफको कर्पोरेट क्लब एचिभर्स अवार्ड सम्पन्न appeared first on Kalika Khabar.