काठमाण्डु – असोज १ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको नवौँ सिजी प्रोपर्टी नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ । समापनका अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति ई. आशिष गजुरेलले विज्ञता, अनुभव र निर्णय क्षमताको सदुपयोग गर्दै सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडललाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए । सार्वजनिक–निजी साझेदारीमा