काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच मंगलबार न्यूयोर्कमा भेटवार्ता हुने भएको छ । संयुक्त राष्ट्रसंघको ८१ औं महासभाका क्रममा हुने उक्त भेटमा रूस–युक्रेन युद्धको तनाव कम गर्ने उपाय र वार्ता पुनः सुरु गर्ने विषयमा छलफल हुने जनाइएको छ । अक्सियोसका अनुसार युक्रेनका प्रमुख वार्ताकार तथा विदेश गुप्तचर सेवाका प्रमुख रुस्तेम उमेरोभले ह्वाइट हाउसका प्रतिनिधिसँग समन्वय गरेर भेटको तयारी गरेका हुन् । यो भेट ट्रम्प र जेलेन्स्कीबीच हालै भएको टेलिफोन संवादपछि तय भएको हो । जेलेन्स्कीले उक्त संवादलाई महत्वपूर्ण भन्दै त्यसले कूटनीतिक गति सिर्जना गरेको बताएका छन् ... The post युद्धविरामको सम्भावनाबीच ट्रम्प र जेलेन्स्की न्यूयोर्कमा भेट्दै appeared first on Kalika Khabar.