यती एअरलाइन्सले पूरा गर्‍यो २८ वर्ष, एक वर्षमा ९ लाख यात्रुलाई सेवा

  • सोमबार ५ असो २०८३ ०७:५५ AM
यती एअरलाइन्सले आफ्नो व्यावसायिक उडानको २८ वर्ष पूरा गरेको छ । सन् १९९८ मा व्यावसायिक उडान सुरु गरेको कम्पनीले पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा दिएको जनाएको छ । कम्पनीका अनुसार २८ वर्षको यात्रामा सेवा विस्तारसँगै यात्रुको विश्वास, उड्डयन सुरक्षा र यात्रु अनुभवलाई व्यवसायको महत्वपूर्ण आधार बनाउँदै आएको छ । बदलिँदो बजार, बढ्दो प्रतिस्पर्धा