काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि उद्धार तथा राहत व्यवस्थापनमा सरकार पूर्ण रूपमा असफल र अकर्मण्य भएको आरोप लगाएका छन् । सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले बाढीबाट भएको अकल्पनीय क्षति सम्बोधन गर्न सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको टिप्पणी गरेका