काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखिरहेका छन् । प्रत्येक सदस्यलाई धारणा राख्न ३ मिनेटको समय दिइएको छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे पनि केन्द्रीय सदस्यहरूले आफ्ना विचार राख्ने तयारी