काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेस भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विधेयक सदनमा पेस गरेका हुन् । विधेयक प्रस्तुत गर्न अनुमति माग्दै मन्त्री लम्सालले राखेको प्रस्तावमाथि कुनै पनि सदस्यबाट विरोधको सूचना नपरेपछि सभामुखले विधेयक पेश गर्न अनुमति दिएका थिए । विधेयक पेस गर्दै मन्त्री लम्सालले फोहोरमैला उत्सर्जन, संकलन,