SHARE
मकालु खबर · बुधबार २२ असो २०८२ १२:४२ PM · 1 मिनेट पढाइ

म्याग्दीमा बोलेरो दुर्घटना: १४ जना घाइते, ४ जनाको अवस्था गम्भीर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ घतान तुसारेपानीमा आज दिउँसो भएको बोलेरो जीप दुर्घटनामा चौध जना घाइते भएका छन् । जिल्लाको रघुगङ्गा गाउँपालिका–८ कुइने खानीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग २ च ५९३० नम्बरको बोलेरो जीप दुर्घटनामा परेर घाइते भएकाहरूको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ ।