यातायात सुरक्षामा एकीकृत नियमनको आवश्यकता : सांसद गौतम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा यातायात सुरक्षालाई प्रभावकारी बनाउन सबै प्रकारका यातायात साधनको नियमन एउटै निकायबाट गर्नुपर्ने धारणा राखेकी छन् । शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो धरणा राखेकी हुन् ।
