SHARE
मकालु खबर · बिहीबार ३० असो २०८२ ०३:५५ PM · 1 मिनेट पढाइ

यूएई ट्वान्टी–२० विश्वकपमा छनोट हुने अन्तिम टोली

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) आगामी ट्वान्टी–२० विश्वकपका लागि छनोट हुने अन्तिम टोली बनेको छ । ओमानको मस्कटमा जारी एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा बिहीबार भएको निर्णायक खेलमा यूएईले जापानलाई ८ विकेटले पराजित गर्दै विश्वकप यात्रा सुनिश्चित गरेको हो ।