SHARE
ओएसनेपाल · बिहीबार ३० असो २०८२ ०३:५९ PM · 1 मिनेट पढाइ

अर्जेन्टिनामा विश्वको सबैभन्दा पुरानो डायनोसरको अवशेष फेला

अर्जेन्टिनाका वैज्ञानिकहरूले एन्डिज पर्वत क्षेत्रमा विश्वको सबैभन्दा पुरानो डायनोसर प्रजातिको हड्डी (अवशेष) फेला पारेको बताएका छन् । कोनिसेट अनुसन्धान निकायका अनुसार टोलीले उत्तरपश्चिम अर्जेन्टिनामा तीन हजार मिटर (नौ हजार ८४२ फिट) उचाइमा ह्वायराकुर्सर जागुएन्सिस नामक सानो लामो घाँटी भएको सरीसृपको लगभग पूर्ण कङ्काल फेला पारेको हो ।