‘शहीदको नाममा स्वार्थको खेल नहोस्’ भन्दै भाइटिकाको दिन सडकमा आए जेनजी युनाइटेड

काठमाडौँ । जेनजी युनाइटेडले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदको सम्झनामा श्रद्धासुमनसहित भाइटिका कार्यक्रम गरेका छन् । उनीहरूले जेनजी एक हुनुपर्ने माग समेत राखेका छन् । जेनजी एक नभएसम्म शहीदका आत्माले शान्ति नपाउने र शहीदको आत्मा सधैँ भौंतारिरहने बताए । काठमाडौँको माइतीघर मण्डलामा भेला भई जेनजी युनाइटेडले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।