चलचित्रको सफलतामा गीतसङ्गीतको उल्लेख्य भूमिका!

काठमाडौँ । नेपाली चलचित्र सफल हुनुमा गीतसङ्गीत क्षेत्रको महत्वपूर्ण योगदान रहेको पाइन्छ । चलचित्र भवनसम्म दर्शकलाई आकर्षित गर्ने विभिन्न पक्षमध्ये गीतसङ्गीतको दमदार प्रस्तुतिलाई लिइने गरिन्छ । पछिल्लो समय ‘भिडियो सेयरिङ साइट’ ‘टिकटक’मा समेत गीतसङ्गीत लोकप्रिय भएपछि चलचित्र हेर्न जानेक्रम बढेको देखिन्छ ।