चन्द्रपुरको टायल तथा ब्लक उद्योगमा आगोलागी
७ कात्तिक २०८२, रौतहट । रौतहटको चन्द्र्पुरमा रहेको एक टायल तथा ब्लक उद्योगमा आगोलागी भएको छ । चन्द्रपुर नगरपालिका–४ मा रहेको घिमिरे टायल तथा ब्लक उद्योगमा शुक्रवार बिहान आगलागी भएको हो । उद्योगभित्र अचानक आगो र धुवाँको मुस्लो स्थानीयवासीले देखेपछि आगलागी भएको थाहा भएको प्रहरीले जानकारी दिएको ।
