काठमाडौँ । संसद सचिवालयले राष्ट्रिय सभाको आगामी अधिवेशन सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको हलबाट सञ्चालन गर्नेगरी तयारी थालेको छ । एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अवधि ६ महिना भन्दा बढी हुनु नहुने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रिय सभाको गत अधिवेशन भदौ मसान्तमा अन्त्य गरिएको थियो ।