कञ्चनपुर, १७ कात्तिक । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २९ वर्षीय वीरबहादुर रानाले आधुनिक प्रविधिबाट च्याउ खेती गरेर गाउँमै आत्मनिर्भर किसानको उदाहरण प्रस्तुत गरेका छन् । अठार महिने कृषि (जेटिए) अध्ययन गरेका रानाले हाइटेक टनेलमा मौसमी र बेमौसमी च्याउ उत्पादन गर्दै वार्षिक १५ लाख रूपैयाँभन्दा बढीको च्याउ बिक्री गर्छन् ।