SHARE
मकालु खबर · सोमबार ५ साउन २०८२ ०१:२३ PM · 1 मिनेट पढाइ

लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

काठमाडौँ । लुम्बिनी लायन्सले आज आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । यो लोगो केवल एक ग्राफिक चिन्ह मात्र होइन, यसले टिमको इतिहास, भावना र राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गर्ने जनाइएको छ । लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर बहादुर जिसीले भने ‘यो लोगोले क्रिकेट मैदानमा हाम्रो टिमको शक्ति मात्र होइन, लुम्बिनीको गौरवको पनि पहिचान दिलाउँछ ।