टी २० विश्वकपका खेल टुँडिखेल र तीनकुनेमा लाइभ देखाइने

कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालका खेलहरू सार्वजनिक रूपमा देखाउने भएको छ । ‘क्रिकेट फिएस्टा’ नाम दिइएको यो विशेष कार्यक्रम काठमाडौंको टुँडिखेल र तीनकुनेमा आयोजना हुनेछ । आयोजकका अनुसार यसमा विभिन्न मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक कार्यक्रमहरु हुनेछन् ।