प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिको दर्शन र रुद्राभिषेक पूजा

  • images
  • Samata Press
  • बुधबार ४ चैत २०८२ ११:५० AM

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरेकी छन् । बुधबार बिहान पशुपतिनाथको दर्शनपछि कार्कीले रुद्राभिषेक पूजाअर्चनासमेत गरेकी छन्। निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री कार्की पहिलोपटक आम पशुपतिनाथको दर्शन गरी पूजाअर्चना गरेकी हुन् । सो अवसरमा प्रधानमन्त्रीले मुलुकलाई शान्ति र स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ, सहयोग प्राप्त भएकोमा कृतज्ञता व्यक्त गरेकी छन्। यसैगरी उनले आगामी दिनमा देश थप उन्नतिको मार्गतर्फ अग्रसर होस् र सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी कामना गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायतको उपस्थिति थियो ।