काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ । सुन तोलामा २ हजार २ सय र चाँदी १ सय ८५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य घटेर तोलाको ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलाको ३ लाख ९ हजार ९ सय रुपैयाँ रहेको थियो । त्यस्तै चाँदी आज तोलामा ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको ५ हजार ३ सय ३५ रुपैयाँ रहेको थियो ।