SHARE
हाम्रो खेलकुद · शुक्रबार​ ९ साउन २०८२ ०५:४४ PM · 1 मिनेट पढाइ

नेपाली टोलीलाई डाना कपको यु १४ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपालको संयुक्त टोली डेनमार्कमा जारी डाना कप २०२५ को यु १४ तर्फको उपाधि जितेको छ। एजी टेनका अनिल गुरुङका अनुसार केन्याको टोलीलाई शुक्रवार ३-० ले पराजित गर्दै नेपाली टोली उपाधि नजिक पुगेको हो। फाइनलमा रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले गोल गरेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद